जुम्लाका तीन पालिकामा विप्लव नेकपाको स्वतन्त्र उम्मेदवारी « Khabarhub

जुम्लाका तीन पालिकामा विप्लव नेकपाको स्वतन्त्र उम्मेदवारी


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ ।

नेकपाका नेताहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षमा यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै सिजा गाउँपालिकाको १ वडाध्यक्षमा शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यमा गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

त्यस्तै हिमा गाउँपालिका ६ वडाध्यक्षमा रमेश रावलले उम्मेदवारी दिएका छन् ।

उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण  जनताले दुख पाएको बताए ।  उनले शिक्षित, विद्वान् दक्ष,क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ०२ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका