‘लूट ३’ को पटकथाको काम सुरु  « Khabarhub

‘लूट ३’ को पटकथाको काम सुरु 


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएको फिल्म ‘लूट’ को तेस्रो सिरिजको काम सुरु भइसकेको छ। 

नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’ को बक्स अफिस सफलताले आशा जगाएको थियो । लूट र लुट २ को सफलता पश्चात सोही टिमले तेस्रो सिरिजलाई दर्शकसामु ल्याउने तयारी थालेका हुन् । नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर भनिएको फिल्मको स्क्रिप्टको काम भइरहेको निर्माता मध्येका एक माधव वाग्लेले जानकारी दिए । 

हामीले केही समय अगाडि देखि काम थालिसकेका छौँ । हल्ला गर्नु भन्दा पनि पहिला हामी काम गर्ने मुडमा छौँ’ निर्माता वाग्लेले भने । दर्शकले प्रतीक्षा गर्ने नेपाली फिल्महरुको सिरिजमा लूट पनि एक हो । विशेषत यसले युवा पुस्तालाई हलसम्म तान्न मदत गरेको थियो । ‘हाम्रो टिममा केही परिवर्तन भएता पनि निर्देशक र निर्माण टिम उही रहनेछन् निर्माता वाग्ले भन्छन्’ ,’हामीले स्क्रिप्ट लक्ड नभएसम्म केही भन्ने अवस्था छैन ।’

सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । फिल्मको टिमबारे औपचारिक रूपमै स्क्रिप्टको काम सकिएपछि जानकारी दिने निर्माता वाग्लेले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ३७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले