‘लूट ३’ को पटकथाको काम सुरु  « Khabarhub

‘लूट ३’ को पटकथाको काम सुरु 


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मको कथ्य शैलीमा परिवर्तन ल्याएको फिल्म ‘लूट’ को तेस्रो सिरिजको काम सुरु भइसकेको छ। 

नेपाली फिल्ममा संकटकाल लगाउने तयारी भइरहँदा ‘लुट’ को बक्स अफिस सफलताले आशा जगाएको थियो । लूट र लुट २ को सफलता पश्चात सोही टिमले तेस्रो सिरिजलाई दर्शकसामु ल्याउने तयारी थालेका हुन् । नेपाली फिल्मको कथावाचनमा ट्रेण्डसेटर भनिएको फिल्मको स्क्रिप्टको काम भइरहेको निर्माता मध्येका एक माधव वाग्लेले जानकारी दिए । 

हामीले केही समय अगाडि देखि काम थालिसकेका छौँ । हल्ला गर्नु भन्दा पनि पहिला हामी काम गर्ने मुडमा छौँ’ निर्माता वाग्लेले भने । दर्शकले प्रतीक्षा गर्ने नेपाली फिल्महरुको सिरिजमा लूट पनि एक हो । विशेषत यसले युवा पुस्तालाई हलसम्म तान्न मदत गरेको थियो । ‘हाम्रो टिममा केही परिवर्तन भएता पनि निर्देशक र निर्माण टिम उही रहनेछन् निर्माता वाग्ले भन्छन्’ ,’हामीले स्क्रिप्ट लक्ड नभएसम्म केही भन्ने अवस्था छैन ।’

सन् २०१२ मा रिलिज भएको निश्चल बस्नेत निर्देशित फिल्मको दोस्रो भाग सन् २०१७ मा प्रदर्शनमा आएको थियो । फिल्मको टिमबारे औपचारिक रूपमै स्क्रिप्टको काम सकिएपछि जानकारी दिने निर्माता वाग्लेले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १२ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका