चितुवाको छालासहित तीन जना पक्राउ « Khabarhub

चितुवाको छालासहित तीन जना पक्राउ


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । हो।

होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूले दैलेखबाट बिक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोबारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् । पक्राउ परेका तीनै जना भरिया रहेको उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २१ बजे

दोलखामा जिरीबाट सुरु भयो मतगणना

दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु

ताप्लेजुङमा एमालेका थेबे तेस्रो

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं– हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न