चितुवाको छालासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

चितुवाको छालासहित तीन जना पक्राउ


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितुवाको छालासहित सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० स्थित बसपार्कमा रहेको सुनिता होटेल एण्ड लजबाट एक थान चितुवाको छालासहित बुधबार दिउँसो दुई बजेतिर तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जुम्लाको सिंजा गाउँपालिका–८ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षका अम्मरबहादुर थापालाई चितुवाको छालासहित पक्राउ गरिएको बताए । हो।

होटेलमा चितुवाको छालाको कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूले दैलेखबाट बिक्री गर्नका लागि चितुवाको छाला ल्याएको बताएका छन् । चितुवाको छाला कारोबारमा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छैनन् । पक्राउ परेका तीनै जना भरिया रहेको उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २१ बजे

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप