खोटाङमा दुई उम्मेदवारविरुद्ध उजुरी | Khabarhub Khabarhub

खोटाङमा दुई उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा सदस्यका उम्मेदवार हरिकुमार खत्रीविरुद्ध विरोध सम्बन्धी उजुरी परेको हो ।

खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राईविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडा जाने ढलानको पेस्की फछर्यौट नगरेको भन्दै वडा सदस्यका उम्मेदवार खत्रीविरुद्ध उजुरी दर्ता भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका व्यक्तिविरुद्ध दाबीविरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो ।

उजुरी परेका उम्मेदवारलाई सफाइ तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ५२ बजे

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।