रुसले कृष्ण सागरस्थित नौसैनिक आधारमा दुई वटा डल्फिन तैनाथ गरेको खुलासा « Khabarhub

रुसले कृष्ण सागरस्थित नौसैनिक आधारमा दुई वटा डल्फिन तैनाथ गरेको खुलासा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले कृष्ण सागरस्थित नौसैनिक आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।

युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले क्राइमिया प्रायद्वीपको सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा घोषणा गरेको ‘विशेष सैन्य कारवाही’ थालेयता डल्फिनलाई त्यहाँ सारिएको जनाइएको छ ।

डल्फिनलाई युक्रेनी विशेष बलविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि रुसले प्रयोग गर्न सक्ने युएसएनआईले जनाएको छ ।

युक्रेनी विशेष फौजले बन्दरगाहमा क्षति पुर्‍याउन सक्ने अनुमानमा डल्फिन परिचालन गरिएको बताइएको छ ।

 रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । यसअघि उत्तरी जलसेनाको आधारमा रुसले बेलुगा ह्वेल र सिलहरू राखेको दाबी गरिएको थियो । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् । 

सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले तारतुसको नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको बताइएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १२ : १९ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा