रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप « Khabarhub

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् ।

पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् ।

सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि रुससँग आर्थिक साझेदारीको अपेक्षा गर्न नसक्ने’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

‘रुसले ग्यासमात्र होइन जुनसुकै व्यापारलाई पनि हतियारको रुपमा बुझेको छ । उ अर्को कुनै व्यापारलाई पनि (हतियारका रुपमा) प्रयोग गर्न सही समय कुरेर बसिरहेको छ ।’ उनले भने ।

यसअघि युरोपेली युनियनले पनि बुल्गेरिया र पोल्याण्डलाई ग्यासको आपूर्ति रोकेर रुसले ब्याकमेल गरिरहेको टिप्पणी गरेको थियो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : २९ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ