रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप « Khabarhub

रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् ।

पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् ।

सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि रुससँग आर्थिक साझेदारीको अपेक्षा गर्न नसक्ने’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

‘रुसले ग्यासमात्र होइन जुनसुकै व्यापारलाई पनि हतियारको रुपमा बुझेको छ । उ अर्को कुनै व्यापारलाई पनि (हतियारका रुपमा) प्रयोग गर्न सही समय कुरेर बसिरहेको छ ।’ उनले भने ।

यसअघि युरोपेली युनियनले पनि बुल्गेरिया र पोल्याण्डलाई ग्यासको आपूर्ति रोकेर रुसले ब्याकमेल गरिरहेको टिप्पणी गरेको थियो । 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : २९ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)