स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिए « Khabarhub

स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिए


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् ।

म्यादी प्रहरीमा दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ जना छनोट भएका हुन् ।

जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनोट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : १७ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा