पुल शिलान्यास गरेर फर्किएका मन्त्री महासेठकै गाडी खोलामा फस्यो « Khabarhub

पुल शिलान्यास गरेर फर्किएका मन्त्री महासेठकै गाडी खोलामा फस्यो


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा–भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी खोलामा फसेको छ। पुलको शिलान्यास गरेर फर्किने क्रममा खोला तर्दा गाडी बीचभागमा फसेको हो ।

सोमबार स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलाको पुल शिलान्यास गर्न मन्त्री महासेठ पुगेका थिए । प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि तर्न नसकेर फसेको हो ।

गाडी खोलाको बीच भागमा पुगेर आधीभाग  डुबेपछि मन्त्री महासेठ सो गाडीबाट ओर्लिएर अर्को गाडी चढेर सदरमुकाम आएका थिए । मन्त्री महासेठ शिलान्यास गर्न भने अर्कै बाटोबाट गएका थिए । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो ।

केही समयपछि खोलामा फसेको मन्त्रीको गाडी खोलाबाट निकालिएको थियो । पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ। खोलामा फसेको गाडीको इन्जिन भने ‘सिज’ भएको  छ ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ५९ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र