बागी उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धनको निर्देशन « Khabarhub

बागी उम्मेदवारी फिर्ता लिन पाँच दलीय गठबन्धनको निर्देशन


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दलीय गठबन्धनले बागी उम्मेदवारी फिर्ता लिन संयुक्तरुपमा अपिल गरेको छ।

शुक्रबार बसेको गठबन्धनको बैठकले केन्द्रमा भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिनेलगायतका निर्देशन दिने पत्रमा हस्ताक्षर गरेको हो ।

पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णयसमेत गठबन्धनको बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गठबन्धन बैठकले गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले पहल गर्ने निर्णय भएको हो।

स्थानीय तह निर्वाचनमा गठबन्धनभित्रकै दलबाट असन्तुष्ट नेताहरूले बागी उम्मेदवारी दिएका छन् । त्यस्तो बागी उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीले उम्मेदवारहरूलाई निर्देशन जारी समेत भइसकेको छ । तर, कतिपय ठाउँका बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन् । निर्वाचन कार्यतालिका अनुसार मनोनयन फिर्ता लिने समय रहेको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १२ : ०६ बजे

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को