ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो | Khabarhub Khabarhub

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरूमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।

सुरूङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरूले आगो लगाइदिएको पीडितको आरोप छ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासूआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैँसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेको छ ।  

आगलागीबाट २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको सिंहले बताइन् । उनले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छिन्। 

लघुवित्त संस्थाका शाखा प्रबन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैँसी चाहिँ ल्याएको बताए।

३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ। 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : २३ बजे

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका

आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ ।

कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको