ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो « Khabarhub

ऋण तिर्न नसक्दा घरमा आगो लगाइदिएको गुनासो


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको कदमाहामा सञ्चालित मेरो माइक्रोफाइनान्स लघुवित्त बैंकका कर्मचारीहरूमाथि ऋण तिर्न नसक्दा ऋणीको घरमा आगो लगाइदिएको आरोप लागेको छ ।

सुरूङ्ग नगरपालिका-३ लक्ष्मीपुरकी सरस्वती सिंहको घरमा गत ५ वैशाखमा बैंकका कर्मचारीहरूले आगो लगाइदिएको पीडितको आरोप छ।

समयमै ऋण तिर्न नसक्दा सरस्वतीकी ९२ वर्षीया हजुर सासूआमा लालोदेवी महतोलाई गालीगलौज गरी उनको दुईवटा भैँसी खोलेर लान लाग्दा बैंककै महिला कर्मचारीले बिँडी सल्काई आफ्नो घरमा आगो लगाएको आरोप लागेको छ ।  

आगलागीबाट २४ लाख ३६ हजार बराबरको धनमाल नष्ट भएको सिंहले बताइन् । उनले संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइदिन मागसहित प्रहरीमा उजुरी दिएकी छिन्। 

लघुवित्त संस्थाका शाखा प्रबन्धक महादेवचौधले संस्थाका कर्मचारीले आगो नलगाएको, तर भैँसी चाहिँ ल्याएको बताए।

३ असार ०७८ मा ५० हजार र ६ असोजमा दुई लाख गरी दुईपटक ऋण लिएकी सरस्वतीले दुई लाखको १२ हजार पाँच सयका दरले पाँच किस्ता र ६ हजारका दरले ५० हजारको नौ किस्तासमेत बुझाइसकेको प्रबन्धक चौधरीको भनाइ छ। 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : २३ बजे

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको