भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ « Khabarhub

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-१९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ। भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको नयाँ पत्रिकामा खबर छ। ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सोमबार सार्वजनिक गरेको हो।

अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे। तलबको विषयमा विवाद हुँदा चक्कुले हानेर उनले विजयश्वरीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि आठतोला सुन, ६ हजार नगद र चार हजार रुपैयाँ पर्ने ज्याकेट लिएर उनी भागेका थिए। त्यसयता उनी भारतमा लुक्दै आएका थिए। ‘गृह मन्त्रालयकै अनुमति लिएर हामी उनलाई खोज्दै मुम्बई पुगेका थियौँ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले भने, ‘महिनौँको मिहिनेतपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ।’ अधिकारीलाई बेलहिया नाकाबाट पक्राउ गरिएको सिआइबीले जनाएपछि मुम्बईबाटै पक्राउ गरी ल्याएको प्रहरी स्रोत बताउँछ।

हत्या भएकै दिन विजयश्वरी १४ वर्षीया छोरी तृप्ती र १२ वर्षीय छोरा विमललाई स्कुल बस चढाएर फर्किएकी थिइन्। तर, बेलुका घर फर्कँदा आमा नियमितजस्तै उनलाई कुरेर बसेकी थिइन्। घर चकमन्न थियो। पछि खोज्दा किचेन कोठामा रक्ताम्य अवस्थामा आमालाई देखेपछि छिमेकीलाई खबर गरेका थिए। अहिले तृप्ती विदेश र विमल नेपालमै छन्। बालकमै आमा गुमाएको रहस्य थाहा पाउन उनीहरूलाई १९ वर्ष लाग्यो।

खोलामा पल्टियो भौतिक पूर्वाधारमन्त्री महासेठको गाडी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ। अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो। गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए। गाडी क्रेन लगाएर झिकिएको थियो।

दैनिक तीनवटा मिनिबस, १० जिप र मालवाहक सवारीसाधनहरू दरौँ खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन्। देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौँ खोलो हुँदै सवारीसाधन चल्छन्। पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौँ खोलो तरेर सिरुबारीसम्म पुग्छन्। स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ। बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ३३ बजे

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको