सरकार छोडने तयारीमा उपप्रधानमन्त्री उपेन्द यादवको समाजवादी पार्टी | Khabarhub Khabarhub

सरकार छोडने तयारीमा उपप्रधानमन्त्री उपेन्द यादवको समाजवादी पार्टी


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको राजधानी दैनिकमा खबर छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति पार्टीसँग भएको एकीकरणपश्चात् सरकार छोड्न पार्टीभित्र चर्को दबाब छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो ।

समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । विगतको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादी पार्टीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा उठ्दै आएको छ ।

लोकसेवा विज्ञापन प्रकरण, संसदीय समिति र सरकारबीच बढ्यो टकराव शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि संसदीय समिति र सरकारबीच टकराव बढेको छ ।समितिका सदस्य र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितबीच लोकसेवाले निकालेको विज्ञापनको विषयमा टकराव बढेको हो ।

लगातार दुईपटकसम्म संसदीय समितिले बोलाउँदा सहभागी नभएका मन्त्री पण्डित सोमबारको बैठकमा भने उपस्थित भए । शुक्रबार नै विज्ञापन रोक्ने निर्देशन दिने तयारी गरेको समितिले अन्तिमपटक भन्दै सोमबारको लागि मन्त्रीलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको थियो । सो अनुसार उपस्थित भएका मन्त्री पण्डितले सोमबारको बैठकमा विज्ञापन संविधान सम्मत भएको धारणा व्यक्त गरेका थिए ।

विज्ञापनलाई संविधानसम्मत नै भएको भन्दै उनले कुनै पनि हालतमा रोक्न नमिल्ने जवाफ समितिमा दिए । त्यसको लगत्तै समितिले विज्ञापन संविधानविपरीत भएको भन्दै रोक्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै पत्रिकाले भारत निकासीमा पहिलोपटक ‘नगद अनुदान’ व्यवस्थामा अर्को समाचार छापेको छ । सरकारले छिमेकी मुलुक भारत निकासीमा पहिलोपटक नगद अनुदान दिने व्यवस्था गरेको छ । यसअघिसम्म भारतबाहेक अन्य तेस्रो मुलुकमा निकासी गरेबापत मात्रै सरकारले नगद अनुदान दिने गरेको थियो ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गरी विदेशी वस्तुको आयात प्रतिस्थापन गर्न अहिले सरकारले तरकारी, फूल, अलैंची, सुँठो र जुत्तामा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको हो । नेपाल–भारत रेल सेवा सम्झौता संशोधन गर्नका लागि भारतमा भएको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाल र भारतबीच यस्ता वस्तुहरको भारत निर्यातमा नगद अनुदान दिने व्यवस्थामा समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले सरकारले पहिलोपटक भारत निकासीमा नगद अनुदान दिने व्यवस्था गरेको जानकारी दिए । उनले स्वदेशी निकासीजन्य वस्तुको उत्पादन बढाई आयात प्रतिस्थापनका लागि यस व्यवस्था निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए ।

११ हजार नपाउँदा हत्या, १९ वर्षपछि हत्यारा पक्राउ शीर्षकमा छापिएको समाचारमा १९ वर्षअघि भक्तपुरको कटुन्जेमा भएको विजयश्वरी प्रजापतिको हत्यामा घरमा काम गर्न राखिएका घरेलु कामदार नै संलग्न भएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १९ वर्षपछि हत्यामा संलग्न पर्सा सुवर्णपुरका देवीरमण अधिकारीलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

अधिकारीले ८ असार २०५७ मा भक्तपुर कटुन्जेस्थित घरमै विजयश्वरीको हत्या गरेर फरार भएका र उनलाई १९ वर्षपछि शनिबार रूपन्देहीको सिद्धार्थ नगरपालिका—१ बेलहियाबाट पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए ।पक्राउ परेका अधिकारी घरेलु कामदारका रूपमा विजयश्वरीकै घरमा कार्यरत रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : ४६ बजे

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु

लेबनानमा इजरायलको हवाई आक्रमण सुरु

बेरुत – इजरायलले लेबनानमा हवाई आक्रमण सुरु गरेको छ। सोही

अस्पतालमा शय्या विस्तार नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको

प्रिमियरसिपमा लिभरपुलको अग्रता : कुन खेल कति रोचक ?

लन्डन – निकोलास ज्याक्सनले दुई गोल गरेपछि चेल्सीले वेस्टहामसँगको अबे