अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा « Khabarhub

अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता पूर्ववर्ती सरकारको मातहतमा काम गरेका झण्डै ५ सय मारिएको वा बेपत्ता पारिएको खुलासा भएको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्सले प्रकाशन गरेको अनुसन्धानले पूर्ववर्ती सरकारको मातहतमा काम गरेका कर्मचारी, सैनिक, अमेरिकी सैनिक अभियानसँग निकट रहेका गरी झण्डै ५ सय जनाको हत्या वा अपहरण भएको जनाएको छ ।

न्यू योर्क टाइम्सको अनुसन्धानका अनुसार अफगानिस्तानको बाघलान प्रान्तमा मात्रै ८६ जनाको हत्या भएको छ । यसबाहेक कन्दाहार प्रान्तमा मात्रै ११४ जनालाई बेपत्ता पारिएको छ ।

न्यू योर्क टाइम्सका अनुसार तालिबानले आम माफीका नाममा पूर्व सैनिकहरुलाई पहिचान खुलाउन लगाउने र त्यसपछि उनीहरुको हत्या तथा अपहरण गर्ने गरेका छन् ।

यता तालिबानका अधिकारीहरुले भने पूर्ववर्ती सरकारका अधिकारीको हत्या र अपहरण गरेको भन्ने आरोपको खण्डन गरेका छन् । तालिबानले विश्वमा आफ्नो बदनाम गराउनका लागि विपक्षीहरुले दुष्प्रचार गरेको टिप्पणी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : २० बजे

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया

युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा

तेहरान- पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग