उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने « Khabarhub

उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका दलका उम्मेदवारले दलकै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ चुनाव चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। यसअघि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

आइतबार प्रकाशित अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको उनले बताए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले प्रचार-प्रचार गर्न पाउनेछन्। आगामी वैशाख ३० गते मतदान हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ४९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन