उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने | Khabarhub Khabarhub

उम्मेदवारलाई निर्वाचन चिह्न आयोगले आज प्रदान गर्ने


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरुलाई आज निर्वाचन चिह्न दिने भएको छ।

वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका दलका उम्मेदवारले दलकै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि नयाँ चुनाव चिह्न प्रदान गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। यसअघि वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

आइतबार प्रकाशित अन्तिम नामावलीमा रहेका उम्मेदरवारहरुलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको उनले बताए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले प्रचार-प्रचार गर्न पाउनेछन्। आगामी वैशाख ३० गते मतदान हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ४९ बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट