९ महिनामा एक करोड ४६ लाख राजस्व सङ्कलन | Khabarhub Khabarhub

९ महिनामा एक करोड ४६ लाख राजस्व सङ्कलन


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८-०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो ।

पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।

यस्तै चालु आव ०७८-०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ११ : ११ बजे

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

कास्मिरमा भारतीय सेनाबाट शङ्कास्पद विद्रोही मारिए

श्रीनगर – भारतीय सेनाले सोमबार कास्मिरमा एक शङ्कास्पद विद्रोहीलाई मारेको

भिनीले नजित्ने भएपछि रियलले बहिष्कार गर्‍यो ‘बालोन डि’ओर अवार्ड’ सेरोमनी

काठमाडौं- स्पेनिस महारथी रियल म्याड्रिडले सोमबार राति फ्रान्सको पेरिसमा हुना

चाडमा जिहादी आक्रमणमा करिब ४० सैनिकको मृत्यु

एनजामेना – नाइजेरियाली सीमा नजिकै जिहादी समूह बोको हरामले चाडको

अर्घाखाँचीमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी