स्थानीय तह निर्वाचन : चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन : चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ । वडा अध्यक्षमा ४ सय २५, खुल्ला सदस्यमा ७ सय ३९, महिला सदस्यमा ३ सय ६६ र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको छ ।

रत्ननगर नगरपालिकाकाीको प्रमुखमा ९ र उपप्रमुखमा ८, खैरहनीको प्रमुखमा ७, उपप्रमुखमा ४, राप्तीको प्रमुखमा ८ र उपप्रमुखमा ५, कालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ५ र माडीको प्रमुखमा ५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी कायम छ।

उम्मेदवारी फिर्ता लिने समय अवधिमा ३ सय १९ ले उम्मेदवारी फिर्ता लिएको कार्कीले बताए । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० बजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ५६ बजे

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी अन्तिम चरणमा

काठमाडौं- ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

‘स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक’

काठमाडौं– स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको

बागमतीमा मन्त्रीको शपथ लिन नपाएका सांसदलाई धोका, भन्छन्- देउवाले सहमति पालना गरेनन्

काठमाडौं– गत साउन १३ गते कांग्रेस संसदीय दलको नेतामा अल्पमतमा

शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको माग

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र नेपाल निजी

सुवर्णको निधनपछि वैद्यविहीन बन्यो पशुपति आर्यघाट सेवा केन्द्र

काठमाडौँ – घाटेवैद्य सुवर्ण वैद्यको निधनपछि पशुपतिमा रहेको पशुपति आर्यघाट