आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाली राष्ट्रपति सहमत | Khabarhub Khabarhub

आफ्ना दाजुलाई प्रधानमन्त्रीबाट हटाउन श्रीलंकाली राष्ट्रपति सहमत


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाली राष्ट्रपति गोताबाया रापजाक्षेले आफ्ना दाजु महिन्दा राजपाक्षेलाई प्रधानमन्त्रीको पदबाट हटाउन सहमत भएका छन् ।

श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रिपाल सिरिसेनाले राष्ट्रपति राजपाक्षेसँगको भेटपछि प्रधानमन्त्री राजपाक्षेलाई पदबाट हटाउन राजी भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीलाई समेटेर राष्ट्रिय परिषद् गठन गर्न समेत राष्ट्रपति तयार भएको उनको भनाइ छ ।

गोताबाया राजपाक्षे अघि श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनासहित ४० सांसदहरुले यही महिनाको शुरुमा सत्तारुढ गठबन्धन परित्याग गरेको घोषणा गरेका थिए ।

यता प्रधानमन्त्री महिन्दा राजपाक्षेका प्रवक्ता रोहन वेलिविताले भने राष्ट्रपतिबाट यस्तो किसिमको सूचना नआएको र आएको खण्डमा सार्वजनिक रुपमा घोषणा गरिने बताए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र सरकारको विरोधमा पछिल्ला केही सातायता प्रदर्शनहरु भइरहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ४४ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ