त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने हवाई उडान प्रभावित « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुने हवाई उडान प्रभावित


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान सामान्य प्रभावित भएको छ ।

मौसमको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ । काठमाडौँ बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ ।

विशेषगरी देशको पूर्वी भेगमा बढी वर्षा भएकाले उडान प्रभावित भएको छ । बुद्ध एयरको तुम्लिङटार उडान रद्द भएको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए। विराटनगर विमानस्थल भर्खरै खुलेको छ । अन्य विमानस्थल पनि उडानमा सहजता भइरहेको एयरलाइन्सले जनाएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले मौसम खराबीले काठमाडौँसहित देशभरका विभिन्न विमानस्थलमा उडान प्रभावित भएको बताए । “प्रतिकूल मौसमले ठाउँठाउँका विमानस्थलमा उडान समस्या आएको थियो, अहिले बिस्तारै सहज बन्दै गएको छ । बर्षाका बेला आइएफआर उडान मात्रै भएका थिए”, उनले भने। उनका अनुसार यती एयरलाइन्सका कुनै पनि जहाज रद्द नभएको तर धेरै उडान ‘मोडिएका’ थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ हेलिकप्टरसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले थप केही दिन बदली र वर्षा हुने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ३ : ०४ बजे

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा