कांग्रेसले सातवटै प्रदेशमा आमसभा गर्ने, कार्यतालिका सार्वजनिक « Khabarhub

कांग्रेसले सातवटै प्रदेशमा आमसभा गर्ने, कार्यतालिका सार्वजनिक


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ ।

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरूको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरूले गर्ने छन् ।

जसअनुसार वैशाख २१ गते मोरङ, २२ गते धनुषा, २३ गते काठमाडौँ, २४ गते कास्की, २५ गते रुपन्देही, २६ गते सुर्खेत र २७ गते कैलालीमा आमसभा गरिने नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : २४ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती