चीनमा स्थापित बन्दी शिविर बन्द गर : टर्की « Khabarhub

चीनमा स्थापित बन्दी शिविर बन्द गर : टर्की


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टर्कीले चीनसमक्ष सिन्जियाङ प्रान्तमा स्थापित बन्दी शिविर बन्द गर्न माग गरेको छ । बन्दी शिविरमा एकजना उइग्युर सङ्गीतकारको ज्यान गएको समाचार आएपछि टर्कीले चीनलाई बन्दी शिविर बन्द गर्न माग गरेको हो ।

यसअघि ८ वर्षको कारावास सजाय भोगिरहेका उइग्युर सङ्गीतकार अब्दुरहिम हेयितको बन्दीशिविरमा मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । टर्किस विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्ता बन्दी शिविरमा चरम यातनाका घटना हुने गरेको जनाएको छ ।

यता चीनले भने टर्कीले अनाधार आरोप लगाएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै टर्किस विदेश मन्त्रालयको आरोपको खण्डन गरेको छ । चीनको सिन्जियाङ प्रान्तमा चीनले स्थापना गरेका बन्दी शिविरमा दशौँ लाख उइग्युर, कजाख तथा अन्य मुसलमान धर्मावलम्बीलाई बन्दी बनाइने गरेको बताइन्छ ।

बन्दी शिविरमा बन्दीहरुमाथि यातना तथा अन्य अमानवीय घटना हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेका छन् । चीनले भने सिन्जियाङमा मुलसमानहरुलाई राजनीतिक पुनर्शिक्षा दिनका लागि तथा आतंकवादबाट त्यस क्षेत्रलाई मुक्त गर्नका लागि बन्दी शिविर स्थापना गरेको बताउने गरेको छ ।

चीनको पश्चिमी क्षेत्रमा बसोबास गर्ने उइग्युर तुर्किक मुसलमानहरु चीनमा ठूलो अल्पसङ्ख्यकका रुपमा रहेका छन् । टर्कीसँग साँस्कृतिक तथा भाषिक सामिप्यताका कारण सिन्जियाङका लाखौँ उइग्युर शरणार्थीका रुपमा टकी पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : १८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका