‘देउवाजीले उम्मेदवारी फिर्ताका लागि प्रेसर गर्नुभयो’ « Khabarhub

‘देउवाजीले उम्मेदवारी फिर्ताका लागि प्रेसर गर्नुभयो’


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेदवार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेदवारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् ।

‘देउवाजीले मलाई पार्टीको निर्णय मान्नुपर्छ भनेर भन्नुभएको हो । मैले पनि पार्टीको निर्णय मान्छु भनेकै हो । अर्को एउटा कुरा के पनि हो भने, पार्टीको आधिकारिक निर्णय भन्दा बाहिर जाने क्षमता पनि नभएकाले मैले त्यो विज्ञप्ति निकालेको हो । उहाँले उम्मेदवारी फिर्ता लिनका लागि प्रेसर गर्नु भएकै हो’, कँडेलले भने । आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७९ अनुसार कुनै पनि उम्मेदवारलाई उम्मेदवारी फिर्ता  लिनका लागि कोही कसैले दबाब दिनु, बाधा, अवरोध पुर्‍याउनु हुँदैन । त्यसो गरेर आचारसंहिता उल्लङ्घन हुन्छ ।

गत १० वैशाखमा नै जिल्लामा सत्तारूढ दलहरू मित्रवत् प्रतिस्पर्धा गर्दै एक्ला एक्लै चुनाव लड्ने निर्णय गरिसकेका थिए । गृह जिल्ला गोरखा भएका जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ । सोही कारण भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग जसरी हुन्छ तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीतिमा छन् ।

जिल्लामा गठबन्धन तोडिए पनि बाबुरामले पालुङटारमा आफ्नो पार्टीले मेयर नपाए सरकार ढाल्ने बताएपछि देउवाले गत शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा आफ्ना पार्टीका मेयर पदका उम्मेदवारको उम्मेदवारी फिर्ता गरेको भन्दै पत्र पठाएका थिए ।

तर, देउवाले पठाएको पत्र ढिलो आएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले कांग्रेसका उम्मेदवार दिपकबाबु कँडेलको नाम अन्तिम नामावलीमा प्रकाशन गर्‍यो । यति हुँदा पनि देउवाले लगातार कँडेललाई उम्मेदवारी फिर्ता गर्न भन्दै निर्देशन दिन नछाडेपछि कँडेलले आइतबार दिउँसो विज्ञप्ति निकाल्दै केन्द्रको निर्णय कार्यान्वयन गर्न भनेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ०७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम