एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र जिल्ला कमिटीका उपसचिव एमाले प्रवेश   | Khabarhub Khabarhub

एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र जिल्ला कमिटीका उपसचिव एमाले प्रवेश  


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियु जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् । 

पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार खड्गी अनेरास्ववियु जिल्ला अध्यक्ष नीरज सिंह मात्र नभइ जिल्ला सदस्य इन्ताज मिया, रामकुमार चनारा, विश्वनाथ सिंह, मोहन सारु, नरबहादुर विक, मगबुल मियाँ, नारायणी सिंह, मीना सिंह, कमानसिं बुढाथोकी र नरेन्द्र रेउलेसहित रहेका छन् ।

दैलेखमा लामिछाने मगरसहित जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य रविन्द्रप्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : २३ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक