जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तीव्र « Khabarhub

जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तीव्र


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– स्थानीय तह निर्वाचन नजिकिएसँगै जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षालाई थप कडा पारिएको छ । 

जिल्ला सुरक्षा समितिले भौतिक अनुगमनदेखि डिजिटल अनुगमनसम्म सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईँले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरेको बताइन् । उनले डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षा अवस्थाबारे दृष्टि पुर्याउन सकिने बताइन् । 

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ मतदान स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । उनले भने, तिनीहरूमध्ये १४ वटा मतदान केन्द्रमा पाँच सयभन्दा कम मतदाता छन् । केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिनसम्म लाग्ने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । त्यसका लागि सुरक्षा निकायले स्थलगत अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी, जिल्लाका मतदान स्थलहरूमा एक महिना अघिदेखिनै सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाईसहित नेपाली सेनाको नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रङ्गत दाहाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टोली सहभागी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ४५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम