जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तीव्र « Khabarhub

जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तीव्र


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– स्थानीय तह निर्वाचन नजिकिएसँगै जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षालाई थप कडा पारिएको छ । 

जिल्ला सुरक्षा समितिले भौतिक अनुगमनदेखि डिजिटल अनुगमनसम्म सुरू गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईँले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरेको बताइन् । उनले डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षा अवस्थाबारे दृष्टि पुर्याउन सकिने बताइन् । 

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ मतदान स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । उनले भने, तिनीहरूमध्ये १४ वटा मतदान केन्द्रमा पाँच सयभन्दा कम मतदाता छन् । केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिनसम्म लाग्ने प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । त्यसका लागि सुरक्षा निकायले स्थलगत अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ । यसैगरी, जिल्लाका मतदान स्थलहरूमा एक महिना अघिदेखिनै सुरक्षा निकायले अनुगमन थालेको छ ।

निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाईसहित नेपाली सेनाको नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रङ्गत दाहाल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टोली सहभागी छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ४५ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री