पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित | Khabarhub Khabarhub

पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिवाकर मैनाली सम्मानित भएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पत्रिका दैनिकका पत्रकार मैनालीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित गरेकी हुन् । 

Avatar

पत्रकार विजयरत्न तुलाधर पनि नातिकाजी पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । नातिकाजी स्मृति समाजले आयोजना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सम्मानतर्फ गायन विधामा नुपुर बनर्जी भट्टाचार्य सम्मानित भएकी छन् । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बीबी थापा (रचना), नारयाणदास कार्की ढली (बाद्यबादन), शिला पनत (रचना), सीताराम पोखरेल (गायन र रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रारसंगीत), शीतल कादम्बेनी (रचना) र सहदेव ढुंगाना (रचना)लाई प्रदान गरिएको छ ।

Avatar

यसैगरी नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देशार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिएको छ । 

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डीपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार)लाई सम्मानसहित पुरस्कृत गरिएको छ । नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार कृष्ण कँडेललाई दिइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रष्टा भएको बताइन् । उनले पुराना सर्जकले सिर्जना गरेका संगीतलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने उल्लेख गरिन् ।

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले नातिकाजी सम्मान तथा पुरस्कार राज्य तहबाटै प्रदान गर्नुपर्ने बताए । त्यसका लागि राज्यले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : ४२ बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान