'कर घटायो भने साइकल चढ्ने मान्छे बढ्छन्' | Khabarhub Khabarhub

‘कर घटायो भने साइकल चढ्ने मान्छे बढ्छन्’

‘बाइक र कारले साइकल चलाउने बाटो नै छैन’



केही दिनअगाडि कीर्तिपुरमा ‘साइकल एक्सेस’ कार्यक्रम थियो । यसको लागि काठमाडौँमा बाटो कति फराकिलो बनाउने, कति घरहरू बनाउन दिने, कति सवारीसाधन ल्याउन दिने यसको क्षमता के हो ? यसबारे सोचिएन जस्तो लाग्छ। कि त नयाँ बाटो ल्याउन पर्‍यो । यदि भएका बाटोलाई मात्र प्राथमिकता दिने हो भने पुराना बस्तीहरू सबै सखाप हुने सम्भावना छ । यसको लागि सवारीहरू ल्याउन दिन भएन ।

साइकल चढ्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ तर अहिले यो सम्भव छैन । किनभने मोटर र मान्छे हिड्ने बाटोसमेत छैन। जब नयाँ बाटो बन्छ त्यो ठाउँमा साइकललेन बनाउँदा राम्रो हुन्छ । त्यसको लागि नीति चाहिन्छ । गाडी मगाउँदा कर बढाउने र साइकल मगाउँदा कर घटाउने गर्‍यो भने साइकल चढ्ने मानिसहरू बढी हुन्छन् । यो कुरा राष्ट्रिय नीतिमा भर पर्ने पर्ने कुरा हो । यसैले साइकल एक्सेस कार्यक्रम गर्नु राम्रो हो । तर त्यो कतिको सम्भव छ र नयाँ बाटो बनाउँदा यसको प्रावधान कसरी अपनाउन सकिन्छ भन्ने ख्याल गर्नुपर्छ।

 

कला, संस्कृति सम्पदा र वातावरण संरक्षणको आधारमा साइकल लेन र पैदल यात्रीको सुविधा हुनै पर्दछ । यसको लागि नियम कानुन पनि हुन्छ । तर सबैभन्दा पहिला हाम्रो सोचमा परिर्वतन आउनु पर्दछ । सुशासन कायम, संविधानमा उल्लेखित अधिकारको संरक्षण, विकाश निमार्णका क्रममा (शिक्षा, स्वास्थ्य, खानेपानी)को विकास गर्ने, जनताको जीवनस्तर उठाउन सामाजिक रुपान्तरण गर्न जरुरी छ । नगरपालिकामा फेरि म जिते भने यो कानुन ल्याउने वाचा गर्छु।

साथै नयाँ बाटो बनाउदा साइकल लेन बनाउन सकिन्छ । पुरानो बाटोमा सम्भव छैन । सम्पूर्ण विज्ञहरूका विचारअनुसार कुनै पनि गाडीहरू भित्र्याउन हुँदैन । तब मात्र कीर्तिपुरलार्ई पर्यटकीय नगर बनाउन सकिन्छ । यस सम्बन्धमा हामीले पैदल यात्रीलाई प्राथमिकता दिने काम गर्नु पर्दछ ।

(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यका साइकलमैत्री सहर निर्माण’ विषयक अन्तरक्रियामा डा. शिवशरण महर्जनले राखेको धारणाको सम्पादित अंशः)

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ३५ बजे

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’ मार्फत डीप बोरिङ

वीरगञ्ज– खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर

लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति

काठमाडौं– आन्तरिक लोड व्यवस्थापन गर्न निकालेको सूचनालाई लिएर लोडसेडिङ तालिका

बागमती प्रदेशमा कांग्रेसको झगडा मिलाउन खटिए राजेन्द्र केसी

काठमाडौं- बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको किचलो मिलाउन काठमाडौंबाट केन्द्रीय सदस्य

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल

ललितपुर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा

देशका लागि योगदान गर्ने व्यक्ति नै नेता हुन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरु