धूमपान यसकारण हानिकारक « Khabarhub

धूमपान यसकारण हानिकारक


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तपाईंमा सूर्तीजन्य पदार्थ सेवनको लत छ । यस्तो लत छ भने आजैबाट धूमपान तथा सूर्तीजन्य पदार्थ सेवनले शरीरमा पार्ने प्रभाव बुझ्न आवश्यक छ । निकोटिनलगायतका थुप्रै किसिमका रसायनका कारण तपाईंको स्वास्थ्यलाई दिनप्रति दिन असर पुर्‍याइ रहेको हुन्छ ।

धूमपानले फोक्सो र श्वासप्रश्वास प्रणालीमा सुरुमै असर पार्छ भने क्यान्सरसम्म गराउँछ । बिस्तारै शरीरका आँखा, मुख, पेट, श्वासनली र दिमागलगायत अंगमा असर पुर्‍याउँदै जान्छ।

असर

  • धूम्रपान गर्नेमा मात्र नभई वरपरका मानिसमा पनि यसले असर पुर्‍याउँछ। धूम्रपानले बालबालिकाको स्वास्थ्यमा बढी असर पुर्‍याउँछ।
  • गर्भवती भएको घरमा परिवारका अन्य सदस्यले धूमपान गरेमा पेटभित्रको बच्चाको स्वास्थ्य पनि प्रभावित हुन्छ। यसले बच्चा कम तौलको जन्मने, खेर जाने र शारीरिक तथा मानसिक विकासमा अवरोध आउने हुन्छ।
  • शिशुमा क्यान्सर हुने सम्भावना उच्च रहन्छ। त्यस्तै, भविष्यमा बच्चाले धूम्पान गर्न सक्ने सम्भावना हुन्छ।
  • बच्चा जन्मेदेखि नै श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ। गर्भवती महिलाले धूम्पान गरेमा पाठेघरबाहिर गर्भ रहने, बच्चा सुस्तमनस्थितिको हुने, तौल कम हुने र कतिपय अवस्थामा बच्चा मर्न सक्ने पनि हुन्छ।
  • गर्भमा रहेका बच्चाको विकासको क्रममा अवरोध आउने, उचाइ कम हुने र समयअगावै जन्मने खतरा हुन्छ। बालबालिकामा चुरोटको धुवाँ र गन्धले समयमा भोक नलाग्ने तथा शरीर कमजोर हुँदै जान्छ।
  • चुरोट पिउनेमध्ये ८७ प्रतिशत मानिसको मृत्यु फोक्सोको क्यान्सरका कारण हुने गर्छ।
  • धूमपानले मानिसको आयु छोट्याउँदै लान्छ। एजिङको समस्या निम्त्याँउछ। विश्वमा धूम्रपान गर्नेमध्ये आधा जनसंख्याको अकालमै मृत्यु हुने गर्छ। अमेरिकामा प्रत्येक पाँच मिनेटमा एकजनाको चुरोट सेवनबाट मृत्यु हुने गरेको तथ्यांक छ।
  • यस्तै, नियमित धूमपान गर्ने व्यक्तिमा मुट र भास्कुलर सिस्टममा समस्या, निमोनिया, मधुमेह, क्यान्सर हुने गर्छ।
  • निकोटिनको लत हिरोइन र रक्सीको भन्दा पनि कडा हुने भएकाले सजिलै छोड्न सकिँदैन। आर्थिक भार बढ्दै जान्छ।
  • शरीरमा भएको एन्टिअक्सिडेन्टको मात्रा घटाउँछ। रक्तचाप बढाउने भएकाले हृदयाघात र स्ट्रोकको सम्भावना बढ्छ। कतिपयमा डिमेन्सिया हुने खतरा रहन्छ।
  • दाँत र गिजामा समस्या उत्पन्न हुनुको साथै मुखको क्यान्सरको सम्भावना उच्च हुन्छ। त्यस्तै, आन्द्रामा समस्या निम्त्याउँछ।
  • चुरोट सेवन गर्ने महिलामा महिनावारी गडबडीको समस्या हुन्छ।
  • छाला फुस्रो, पहेँलो र खुम्चिने हुन्छ। कतिपय अवस्थामा छालामा रगत नपुगेर तन्किने सम्भावना हुन्छ। बिस्तारै स्वाद थाहा पाउने र सुँघ्न सक्ने शक्तिमा ह्रास आउन थाल्छ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ५० बजे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौँ– महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन

बलिउड कलाकारलाई पनि फापेन राजनीति !

फिल्मी पर्दामा लाखौँ दर्शकको मन जितेका स्टार जब राजनीतिक मैदानमा

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ– पृथ्वी राजमार्ग विस्तारको क्रममा सडक दायाँवायाँ बिजुलीका पोल मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

गण्डकी– नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय