सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण | Khabarhub Khabarhub

सोमालियामा तैनाथ शान्ति सेनालाई लक्षित गरी आतंककारी आक्रमण


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमालियामा रहेको अफ्रिकी युनियनको शान्ति स्थापनार्थ तैनाथ  सैनिक आधार इलाकामा आतंककारी आक्रमण भएको छ ।

राजधानी मोगादिशुबाट १३० किलोमिटर उत्तर पूर्वमा रहेको सिल बराफ भन्ने गाउँमा बुरुण्डीका सैनिकलाई लक्षित गरी सोमालियामा सक्रिय आतंककारी समूह अल शबाबले आक्रमण गराएको हो ।

आक्रमणमा कति सैनिक मारिए भन्ने स्पष्ट नभइसकेपनि बुरुण्डीका एकजना वरिष्ठ सैनिक अधिकारीले फ्रान्सेली समाचार संस्था एएफपीलाई बताएअनुसार ३० सैनिक मारिएका छन् भने अरु २२ घाइते भएका छन् । अरु दर्जनौं बेपत्ता रहेको उनको भनाइ छ ।

यता अल शबाबले भने आक्रमणको जिम्मा लिँदै १७३ सैनिक मारिएको दाबी गरेको छ । अल सबाबले मारिएका सैनिकको शव देखाउँदै भिडियो समेत जारी गरेको आतंककारी समूहको निगरानी गर्ने संस्था साइट इन्टिलिजेन्स ग्रुपले जनाएको छ ।

अल शबाब अन्तर्राष्ट्रिय आतंककारी सञ्जाल अल कायदासँग आबद्ध रहेको बताइन्छ । आक्रमणकारीले शुरुमा कार बम विष्फोट गराएको र पछि भारी गोलाबारी गरेको स्थानीय सैनिक कमाण्डर मोहमद अलीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

‘उनीहरुले कार बम विष्फोट गराएर आक्रमणको शुरुआत गरेका थिए, त्यसपछि भारी गोलाबारी शुरु भयो ।’ अलीले भने । भीडन्तमा दुबै पक्षतर्फ ठूलो हताहति भएको उनको भनाइ छ ।

बुरुण्डीको श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार करिब ४ सय आक्रमणकारीले सैनिक आधार इलाकामा भीषण आक्रमण गरेका थिए । आक्रमणकारीले दुई वटा कार बम विष्फोट पनि गराएको जनाइएको छ ।

सोमालिया सरकारले आक्रमणको निन्दा गरेको छ । त्यस्तै, अफ्रिकी युनियनको आयोगका प्रमुख मुसा फाकी महमतले पनि ट्विट गर्दै आक्रमणको निन्दा गरेका छन् ।

उनले ट्विटमा आफूले बुरुण्डीका राष्ट्रपति एभारिस्ते न्डायिशिमियेसँग आफूले कुराकानी गरेको र बुरुण्डीका सैनिकको बलिदान प्रति सम्मान जनाएको उल्लेख गरेका छन् ।

दशकौंयता निरन्तर जारी शसस्त्र द्वन्द्वका क्रममा शान्ति स्थापनाका लागि भन्दै अफ्रिकी युनियनले सोमालियामा शान्ति सैनिक परिचालन गर्दै आएको छ । यस्ता शान्ति सैनिकहरु बेला बेला अल शबाबजस्ता लडाकु समूहको निशानामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ३७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक