शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन « Khabarhub

शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न चिकित्सा शिक्षा आयोगको निर्देशन


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले शिक्षाध्यक्षको अध्यक्षतामा परीक्षा समिति गठन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

प्रतिष्ठानका उपकुलपतिले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेको भन्दै उजुरी परेपछि आयोगले शिक्षाध्यक्षकै अध्यक्षतामा परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई निर्देशन दिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले डीनको अध्यक्षतामा परीक्षा समिति गठन गरेपछि बीपी प्रतिष्ठानका केही चिकित्सक तथा विद्यार्थी प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा समेत उजुरी दिएका थिए । उजुरीपछि आयोगको चैत ४ गतेको बैठकले संघको निर्णयअनुसार नै प्रवेश परीषा सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको थियो ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाध्यक्षको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गर्न प्रतिष्ठानलाई पत्राचार गरेका छन् ।

बीपी प्रतिष्ठानमा उपकुलपति डा. रौनियारलाई गत फागुनमा प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारले पदबाट हटाउने निर्णय समेत गरेको थियो । सरकारको निर्णय विरुद्ध डा रौनियारले सर्वोच्च अदालत गएपछि सरकारको निर्णय तत्काल कार्यन्वयन नगराउन सर्वोच्वले आदेश जारी गरेको थियो ।

त्यसपछि डा रौनियार प्रतिष्ठानमै रहेका छन् । डा रौनियारको मुद्धा सर्वोच्वमा विचाराधिन रहेको छ । उनको पेशी जेठ ३० गते बिहीबार तोकिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ६ : २८ बजे

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक