युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो « Khabarhub

युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा भएको छ ।

जापान तथा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाएका कारण चीनले मौकाको फाइदा उठाएको जनाइएको छ ।

गत मार्च महिनामा मात्रै चीनले रुसबाट ३ लाख २१ हजार ३ सय ८० टन लिक्विफाइड न्याचुरल ग्यास (एलएनजी) आयात गरेको थियो

गत वर्षको मार्च महिनामा पनि चीनले लगभग यतिकै परिमाणमा रुसबाट ग्यास आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सोही अवधिमा भने रुसबाट चीनतर्फ कोइलाको आयात ह्वात्तै बढेको बताइएको छ । एएनआईका अनुसार गत वर्षको मार्च महिनामा चीनले रुसबाट ५ लाख ९० हजार टन कोइला आयात गरेको थियो ।

तर, यो वर्षको मार्च महिनामा रुसबाट चीनतर्फ हुने कोइलाको आयात बढेर १४ लाख टन पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ४४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर