युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो | Khabarhub Khabarhub

युक्रेनमा जारी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट कोइलाको आयात बढायो


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणको फाइदा उठाउँदै चीनले रुसबाट अत्यन्त सस्तो मूल्यमा कोइला आयात गरिरहेको खुलासा भएको छ ।

जापान तथा पश्चिमा मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाएका कारण चीनले मौकाको फाइदा उठाएको जनाइएको छ ।

गत मार्च महिनामा मात्रै चीनले रुसबाट ३ लाख २१ हजार ३ सय ८० टन लिक्विफाइड न्याचुरल ग्यास (एलएनजी) आयात गरेको थियो

गत वर्षको मार्च महिनामा पनि चीनले लगभग यतिकै परिमाणमा रुसबाट ग्यास आयात गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सोही अवधिमा भने रुसबाट चीनतर्फ कोइलाको आयात ह्वात्तै बढेको बताइएको छ । एएनआईका अनुसार गत वर्षको मार्च महिनामा चीनले रुसबाट ५ लाख ९० हजार टन कोइला आयात गरेको थियो ।

तर, यो वर्षको मार्च महिनामा रुसबाट चीनतर्फ हुने कोइलाको आयात बढेर १४ लाख टन पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ७ : ४४ बजे

भारतका प्रधानन्यायाधीश नेपालमा 

काठमाडौं– भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल

रामकुमारीको तर्क- वाक स्वतन्त्रता चाहिन्छ तर सामाजिक सञ्जाल गाली गर्ने थलो बने

काठमाडौँ- प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक

गगनको प्रतिक्रिया- सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल बन्द

भारतमा वस्तु सेवा करमा भारी कटौती, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं– बुधबारदेखि भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी)मा भारी

खोलियो स्वेत भैरवका झ्यालहरू (तस्बिरहरू)

काठमाडौं– काठमाडौं दरबार स्क्वायरस्थित हनुमान ढोकामा रहेको भगवान् शिवको एक