नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : गोल्डेनगेट र जेभियर फाइनलमा « Khabarhub

नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : गोल्डेनगेट र जेभियर फाइनलमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको खेलमा गोल्डेनगेटले नाथमलाई ६१-५३ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७-५, १६-११ र २०-१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१-८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन ।

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०-२७ ले हरायो । चौथो क्वाटर १०-१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०-६, दोश्रोमा २१-८ र तेश्रोमा ९-३ को प्रदर्शन गर्‍यो ।

महिलातर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्राे हुँदै फाइनल पुगेका हुन् । फाइनल सोमबार हुनेछ ।

ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्राेले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते