पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त छैन : ईश्वर पोखरेल | Khabarhub Khabarhub

पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त छैन : ईश्वर पोखरेल


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनको कुनै विचार र सिद्धान्त नभएको बताएका छन् ।

आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरू नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताएका हुन् ।

पोखरेलले राष्ट्रिय राजनीतिमा दुई वटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नु पर्ने बताए । गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उनले बताए ।

त्यस्तै पोखरेलले एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले दाबी गरे। उनले प्रतिगामी सोच भएका, देशको चुच्चे नक्सालाई वुच्याउने, समानता नचाहनेसँगको एमालेको लडाईं भएकाले, यो अभियानमा साथसहयोग दिन सबै जनतालाई अपिल समेत गरे।

नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै उनले अहिले एमालेविरुद्ध सबै शक्ति एक भएका कारण एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : २८ बजे

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा

अमेरिकी कार्यस्थलमा युवा कामदारहरू एआई प्रतिस्थापनको जोखिममा

एजेन्सी– कृत्रिम बुद्धिमत्ता (एआई) ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर