कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल « Khabarhub

कांग्रेसले सबैलाई मिलाउने काम गरेको छ : नेता पौडेल


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालको राजनीतिमा कांग्रेसले सबैलाई मिलाउने काम गरेको बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा आज आयोजित चुनावी कोणसभामा उनले सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्र रहेको जिकिर गरे।

नेता पौडेलले समाजमा विभाजन नभई एकता कायम गर्ने कांग्रेसको मूल ध्येय रहेको बताए। उनले भने, “बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न, संविधान कार्यान्वयन गर्न सबैलाई मिलाएर हिँड्न चाहन्छौँ । कम्युनिष्ट पार्टीका नेताहरु कांग्रेसको नेतृत्व स्वीकार गरेर गठबन्धन गर्न आउनुभएको छ ।”

नेता पौडेलले एकताको विकास गर्नका लागि राजनीतिक ध्रुवीकरण बढाउने नभई घटाउनेतर्फ कांग्रेस लागेको उल्लेख गरे। “विसं २०७४ मा कम्युनिष्टहरु मिलेर कांग्रेससँग प्रतिस्पर्धा गरे, त्यो गठबन्धन धेरै समय टिक्न सकेन, दुई तिहाइको सरकार कम्युनिष्टकै कारण विघटन भयो”, उनले भने ।

नेता पौडेलले शुक्लागण्डकी नगरपालिकामा पनि गठबन्धन गरेर चुनाव लडेकाले उम्मेदवारलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १० बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते