सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु « Khabarhub

सहचालकद्वारा बालिका बलात्कार प्रयास, कुटपिटबाट चालकको मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

इलाम– कुटपिटपछि घाइते भएका माइक्रोबस (हायस) का चालकको चार दिनपछि ज्यान गएको छ ।

२० वैशाखमा कुटपिटपछि घाइते भएका नुवाकोटको तारकेश्वर गाउँपालिका–२ बगुवाका २१ वर्षीय दीपक ढुङ्गनाको शनिबार झापाको बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी काठमाडौँ–इलामको माइक्रो बसका चालक थिए । २० वैशाखको साँझ उनीमाथि कुटपिट भएको थियो ।

कुटपिटपछि गम्भीर घाइते उनलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । थप उपचारका लागि झापा रेफर गरिएको थियो ।

प्रहरीका अनुसार मंगलबार यात्रुसहितको बा. ५ ख ५९८२ नम्बरको माइक्रोबस काठमाडौँबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई ओरालेर चालक ढुंगाना गाडीबाहिर निस्केका थिए । माइक्रोमा १७ वर्षीया बालिका पछाडिपट्टिको सिटमा थिइन् । उनी रातिको समय भएकाले आफ्ना अभिभावकलाई आफूलाई लिन बोलाएर गाडीमै बसेकी थिइन् ।

त्यसै मौकामा गाडीका सहचालक नुवाकोटको बेलकोट–१३ का विनय वाग्लेले ती बालिकालाई हातपात र जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ । ‘हातपात प्रयास गर्दागर्दै बालिकाका अभिभावक त्यहाँ पुगेपछि वाग्ले भागे छन्,’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भने, ‘सहचालक भागेका बेला चालक ढुंगाना त्यहीं आइपुगेकाले उनीमाथि चाहिँ आक्रमण र कुटपिट भएको देखिन्छ ।’

चालकको मृत्यु भएपछि उनलाई कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध चालकको परिवारले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ । सहचालक वाग्लेलाई भने प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो ।

उनीविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यातायात व्यवसायीआबद्ध विभिन्न संघ–संगठनले विज्ञप्ति जारी गरी यातायातका साधनमा कार्यरत श्रमिकको सुरक्षा माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

यी संगठनले मृतक चालकको उपचारमा भएको खर्च, उनका परिवारको पालनपोषणलगायतको उचित व्यवस्थाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

मृतकको शव अस्पतालमा नै छ । उपचारमा लागेको खर्च तिर्न समस्या भएपछि शवको पोष्टमार्टम भएको छैन । उनको उपचारमा पाँच लाख रुपैयाँ खर्च भएको छ । त्यो रकम पनि कसले तिर्ने भन्ने समस्या छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : १० बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी