६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कार्यान्वयन गर्छौँ : प्रवक्ता डा. महत « Khabarhub

६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कार्यान्वयन गर्छौँ : प्रवक्ता डा. महत


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता कांग्रेसले गरेको बताएका छन् ।

साोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले कांग्रेसले ६५ वर्षमै वृद्धभत्ता दिने प्रतिबद्धता जनाएको बताए ।

‘वृद्धभत्ता ७० वर्षमाथिकाले पाउने व्यवस्था छ । अहिले हामीले प्रतिबद्धता गरेका छौं, ६५ वर्षमै वृद्धभत्ता सुनिश्चित गर्ने । किनभने अहिले ७१ वर्ष सरदर आयू पुग्या छ । त्यो पनि ठूलो उपलब्धी हो । कांग्रेस सरकारमा जाँदा नेपालीको सरदर आयू ५४ वर्ष थियो । त्यसलाई हामीले नै बढाएका हौं,’ डा. महतले भने, ‘जो चाहीँ हुने खाने छन्, उनीहरू ८०/८५ वर्षसम्म बाँचिरहेका छन्, सरदरभन्दा पनि माथि । जो गरिब छन्, दूरदराजमा बस्छन्, उनीहरूको सरदर आयू ७१ वर्ष पनि छैन । उनीहरू ७० नै पुग्न पाउँदैनन् । त्यो अवस्थामा त्यो समूह वृद्धभत्ताबाट बञ्चित हुनुपरेको छ । त्यसो हुनाले उहाँहरूलाई लक्षित गरेर हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने हाम्रो अठोट छ, हाम्रो सरकार आएपछि कार्यान्वयन गर्छौं ।’

सुत्केरी महिलाहरूलाई पाँच हजार भत्ता दिने निर्णय पनि कांग्रेस सरकारले नै गरेको उनको भनाइ छ । साना किसानहरूलाई १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत व्याजदरमै ऋण उपलब्ध गराउने प्रतिबद्धता कांग्रेसले गरेको छ । यसले गर्दा सिमान्तकृत साना किसानहरूलाई धेरै ठूलो राहत मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ५३ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको