यसपटक हेटौंडाले महिला मेयर चाहेको छ : मीना लामा « Khabarhub

यसपटक हेटौंडाले महिला मेयर चाहेको छ : मीना लामा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ ।

‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको होइन पाँच दलको साझा उम्मेदवार पाउँदैछ । हेटौंडालाई साझा बनाउँनेछौ ।’ समाजमा अझै पनि धेरै महिला पछि परिरहेको अवस्थामा आफू आत्मविश्वास र प्रतिस्पर्धाबाटै यहाँसम्मको यात्रा तय गरेको बताइन् ।

महिलाले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिका कस्तो हुन्छ भनेर पाँच वर्षपछि देखिने उनको दावी छ । ‘महिलाले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । मैले पाँच वर्ष उपमेयर भएर केही अनुभव सँगालिसकेको छु । उक्त अनुभवलाई जनताको सेवामा लगाउँनेछ,’ उनले थपिन्, ‘गठबन्धनको जित नै हेटौंडा उपमहानगरवासीको हित हुनेछ ।’

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  २ : ३९ बजे

लेक लागेर योजना अधिकृतको मृत्यु

ताप्लेजुङ– समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक

पश्चिम एसिया तनाव : इस्लामावादमा पाकिस्तान, साउदी, टर्की र इजिप्टका विदेश मन्त्रीहरूको बैठक

इस्लामावाद- पश्चिम एसियामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित आइतबार पाकिस्तानमा

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र