नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : जेभियर र नाथमलाई उपाधि « Khabarhub

नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : जेभियर र नाथमलाई उपाधि


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सोमबार जेभियर पुरुष तथा नाथम महिला तर्फ च्याम्पियन बनेको हो ।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९-५५ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे । जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो ।

दोस्राे क्वाटरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अगाडि थियो । पहिलो क्वाटरमा १८–१२ को अग्रता लिएको जेभियर दोस्राेमा ८–१९ ले पछि पर्‍यो । तेस्राेमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित गर्‍यो । उपाधिसँगै जेभियरले ५० हजार नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो ।

महिलाको उपाधि भिडन्तमा झरना बज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउदै नयाँ च्याम्पियन बन्यो । विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो । जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो ।

नाथमले पहिलोमा १३–०, दोस्राेमा ११–१, तेस्राेमा ६–२ र चौथोमा २–४ को प्रदर्शन गर्‍यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे ।

पुरुषमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले समान ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । २१ वैशाखदेखि सुरु प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गर्ल्सको राउन्ड रोविन लिगमा चार टिम सहभागी थिए ।

क्वेस्टका संस्थापक निर्देशक स्व. नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ३६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार