नजुरेको जोडी  « Khabarhub

नजुरेको जोडी 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सारा सिर्पाली नेपाली फिल्ममा ‘रुद्र’ मार्फत भित्रिएकी हुन् ।

त्यसपछि उनले अभिनय गरेको फिल्म पिँजडा व्याक अगेन र सुश्री सम्पति हो । अभिनयका हिसाबले साराले केही ध्यान तानेता पनि उनको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । फलत उनको लगातार तीन फिल्म नै फ्लप भए । त्यसपश्चात् ‘जात्रै जात्रा’ मा केमियो गरेकी साराले अन्य फिल्ममा अभिनय गरेकी छैनन् । 

उनलाई अभिनय गरेको तीन फिल्म भन्दा पनि चर्चामा ल्याउने काम जसिता गुरुङको लागि स्वर दिएको फिल्म ‘लिली बिलि’ ले गर्‍यो । त्यसपछि उनी पपुलर एक्टर अनमोल केसीसँगको प्रेममा छिन् भन्ने खबरले चर्चामा ल्यायो । त्यसपछि हराएकी सारा एकाएक अनमोलसँग फिल्म गर्ने भनेर चर्चामा आइन् । उनी अनमोलको स्टारको रुपमा एक फिल्ममा अनुबन्धित भएकी थिइन् ।

फिल्मको लागि उनले ‘वर्कसप’ समेत गरिन् । यद्यपि उनको बेलायतको भिसा नआएपछि फिल्ममा अभिनय गर्ने आशा पनि चुँडिएको छ । अनमोलसँग  नाम जोडिँदा नै चर्चामा आएकी सारा फिल्ममार्फत चर्चामा नआउने कुरै थिएन । 

यद्यपि भिसा नआउँदा उनको जोडी अनमोलसँग जुरेन । निर्माण टिमले स्कटल्याण्डमा छायांकन गर्ने समयमा ढिलाई हुने भन्दै साराको भिसा रि-एप्लाई नगर्ने भएपछि उनको अनमोलसँग स्क्रिन सेयर गर्ने चर्चा खबरमै सीमित भयो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २७ बजे

जेन-जी आन्दोलनमा लागेका फौजदारी मुद्दा फिर्ता लिँदै गृहमन्त्री

काठमाडौं- दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका सुधन गुरुङले गत २०८२

अर्थमन्त्रीको स्पष्टीकरण : आर्थिक विधेयकमा करका दर हेरफेर भएको छैन, ईभी आयातमा सूचना चुहाएको आरोप पनि गलत

काठमाडौं- अर्थ मन्त्रालयले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर भ्रमपूर्ण प्रचार

कास्कीपछि पर्साबाट पनि रविलाई राहत, गम्भीर अपराधको मुद्दा अघि नबढ्ने

वीरगन्ज- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित