नजुरेको जोडी  | Khabarhub Khabarhub

नजुरेको जोडी 


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री सारा सिर्पाली नेपाली फिल्ममा ‘रुद्र’ मार्फत भित्रिएकी हुन् ।

त्यसपछि उनले अभिनय गरेको फिल्म पिँजडा व्याक अगेन र सुश्री सम्पति हो । अभिनयका हिसाबले साराले केही ध्यान तानेता पनि उनको फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन । फलत उनको लगातार तीन फिल्म नै फ्लप भए । त्यसपश्चात् ‘जात्रै जात्रा’ मा केमियो गरेकी साराले अन्य फिल्ममा अभिनय गरेकी छैनन् । 

उनलाई अभिनय गरेको तीन फिल्म भन्दा पनि चर्चामा ल्याउने काम जसिता गुरुङको लागि स्वर दिएको फिल्म ‘लिली बिलि’ ले गर्‍यो । त्यसपछि उनी पपुलर एक्टर अनमोल केसीसँगको प्रेममा छिन् भन्ने खबरले चर्चामा ल्यायो । त्यसपछि हराएकी सारा एकाएक अनमोलसँग फिल्म गर्ने भनेर चर्चामा आइन् । उनी अनमोलको स्टारको रुपमा एक फिल्ममा अनुबन्धित भएकी थिइन् ।

फिल्मको लागि उनले ‘वर्कसप’ समेत गरिन् । यद्यपि उनको बेलायतको भिसा नआएपछि फिल्ममा अभिनय गर्ने आशा पनि चुँडिएको छ । अनमोलसँग  नाम जोडिँदा नै चर्चामा आएकी सारा फिल्ममार्फत चर्चामा नआउने कुरै थिएन । 

यद्यपि भिसा नआउँदा उनको जोडी अनमोलसँग जुरेन । निर्माण टिमले स्कटल्याण्डमा छायांकन गर्ने समयमा ढिलाई हुने भन्दै साराको भिसा रि-एप्लाई नगर्ने भएपछि उनको अनमोलसँग स्क्रिन सेयर गर्ने चर्चा खबरमै सीमित भयो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २७ बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन