दमका रोगीले खानपानमा विशेष ध्यान दिउँ « Khabarhub

दमका रोगीले खानपानमा विशेष ध्यान दिउँ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालीहरुमा दमको संक्रमण बढ्न थालेको छ । देश अस्वस्थकर खानापान र जीवन शैलीका कारण लाग्ने रोगको जोखिममा पुगेको छ । त्यसैले आफू स्वस्थ रहँन खानपानमा धेरै ख्याल गर्नुपर्छ । यहाँ हामीले दम रोगीले खानपानमा कस्तो सावधानी अपनाउनु पर्ला भनेर चर्चा गरेका छौं ।

दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसीका कारणले कमजोर हुँदै जान्छन् । खाना खाएको समयमा वा खाँदा दम बढ्नु, पाचन प्रणाली तुलनात्मक रुपमा कमजोर हुनु, खाना खान मन नलाग्नु तथा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खान सक्दैनन् । त्यसैले शरीरसँगै प्रतिरोधी क्षमतासमेत कमजोर हुन्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

शक्ति दिने पोशिलो खानेकुरा खाने

खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा शरीर कमजोर हुन्छ । त्यसैले दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ ।

कार्वोहाइडेट बढाउने गरी चिल्लो खाने

चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । त्यसैले, खाना पकाउँदा वनस्पति तेलको प्रयोग गरी चिल्लो खानेकुरा खान सकिन्छ । तर, पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

प्रोटिनको मात्रा बढाउने

दम रोगीमा श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसको पुनर्निर्माणका लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ ।

सुप तथा झोलिलो खानेकुरामा ध्यान दिने

शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यस्तै, नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ७ : ५३ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।