बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ « Khabarhub

बैकिङ कसुरमा फरार प्रतिवादी पक्राउ


२७ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बैकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोली र स्थानीय प्रहरीको समन्वयमा लमजुङको दोर्दी गाउँपालिका-४ पाचोक घर भएकी ३० वर्षीया हस्तीमाया गुरुङ पक्राउ परेकी हुन् ।

लुकीछिपी बसेको सूचनाका आधारमा उनलाई वैशाख २४ गते काठमाडाैँ बालाजुबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी गुरुङलाई उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र तीन लाख ९४ हजार जरिवाना तोकेको थियो ।

तर, गुरुङले जरिवाना वापतको रकम दाखिला गर्न नसकेको हुँदा जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी अदालतले तीन वर्ष ६ महिना २१ दिन कैदमा राख्ने फैसला गरेको छ । मंगलबार लमजुङ जिल्ला अदालतले उनलाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । उच्च अदालत पाटनले २३ फागुन ०७८ मा फैसला गरेदेखि गुरुङ फरार थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ३७ बजे

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी