९ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब « Khabarhub

९ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब

पुँजीगत खर्च हुन सकेन


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो ।

यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ ।

चैतसम्ममा संघीय सरकारको कुल राजस्व ७ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६१ अर्ब ४७ करोड रुपैयाँ परिचालन भएको छ ।

चैतसम्ममा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ गरी कुल १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।

२०७८ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ०७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित