निर्वाचनलाई लक्षित गर्दै रसुवागढी नाका बन्द | Khabarhub Khabarhub

निर्वाचनलाई लक्षित गर्दै रसुवागढी नाका बन्द


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी मंगलबार रातिदेखि बन्द भएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चीनसँगको अन्तर्राष्ट्रिय नाका बन्द भएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार मंगलबार राति १२ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्मका लागि रसुवागढी नाका बन्द भएको हो ।

स्थानीय तहको निर्वाचनको व्यवस्थापकीय कार्यलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मतदानको ४८ घण्टा अगाडि नाका बन्द गरिएको उनले बताए ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार रातिदेखि शुक्रबार रातिसम्म नाका बन्द हुने जानकारी चीनियाँ पक्षलाई गराइसकेको उनले बताए । मंगलबार चिनिया पक्षले चिनिया १४ कन्टेनर सामान नेपाली भूमिमै ल्याइदिएका थिए । नाका शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ । नाका बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै सञ्चालन हुने गरेको छ ।

कोरोना महामारी सुरुभएसँगै चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको छ । चीनले आफ्नै गाडीमा नेपाल तर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । रसुवागढी नाकाबाट अहिले दैनिक ९ चीनियाँ गाडीमै नेपाल सामान आयात हुने गरेको छ ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चीनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरू भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरू जाने भए पनि कोरोना संक्रमण सुरुभएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।

त्यसैगरी निर्वाचनलाई मध्यनजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । स्थानीय तहको निर्वाचनमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएको जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : २७ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता