अपडेटः स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो  « Khabarhub

अपडेटः स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुग्यो 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। वालिङ नगरपालिका–१४ पञ्चमूलमा ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो। 

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका प्रविण कुँवर, कुलदिप कुँवर, टेककला कुँवर, जमुना कुँवर, जानुका कुँवर, डेम कुमारी कुँवर, कुमारी कुँवर, हरीकला कुँवर, भिमकला कुँवर, पोट कुमारी कुँवर, ज्ञान दली कुँवर, फूलदेवी कुँवर,मिना कुँवर र माया पुन रहेका छन्। 

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताए। प्रमुख जिल्ला अधिकारी पौडेलले घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताए। 

 दुर्घटनामा घाइते हुनेहरूमा नेत्र बहादुर कुँवर, सरस्वती कुँवर, अनिष कुँवर, बेल माया कुँवर, ज्यामकली कुँवर, ज्ञान माया कुँवर, भुल बहादुर कुँवर, कविता कुँवर,  कुशल कुँवर, कौशल कुँवर, सीता कुँवर, गौमती थापा रहेका छन्। 

मतदान केन्द्र पैदल यात्रामा टाढा रहेकाले स्थानीय जिप चढेर मतदान गर्न गएका थिए।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ४३ बजे

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय