सिन्धुपाल्चोकमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित  « Khabarhub

सिन्धुपाल्चोकमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँको मतदान केन्द्रमा १२ः३० बाट मतदान रोकिएको हो । दुई दलका कार्यकर्ताबीच हात हालाहाल हुन थालेपछि मतदान अधिकृतले स्थगित भएको सूचना जारी गरेका हुन् । मतदान केन्द्रमा एउटै मान्छेले दुईपटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको झगडा झडपमा परिणत भएको हो ।

घटना भएलगत्तै सेनाको टिम पुग्ने क्रममा रहेको र आवश्यक सुरक्षा, अनुसन्धान कार्यमा खटिएको निर्वाचन अधिकृत राजेन्द्रप्रसाद वाग्लेले बताए । मतपेटिका तोडफोड गर्नुका साथै मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिका-२ याङ्ग्री मतदान केन्द्रमा मतपत्रको विवाद कारण रोकिएको मतदान पुनः सुरु गरिएको छ । पाँचपोखरी थाङपालको याङ्ग्री मतदान केन्द्रमा एउटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर छुटेको मतपत्र भेटिएपछि माहोल तनावग्रस्त बनाएको थियो ।

सो मतदान केन्द्रमा तत्काल सुरक्षाकर्मीले चर्को झडप हुन रोकेपछि त्यहाँ अवस्था सामान्य बनेको छ ।

यस्तै मेलम्ची नगरको ज्यामिरेमा स्वास्थ्यचौकीको बुथमा स्थान साँघुरो हुँदा मतदाताबीच धकेलाधकेल भएको थियो । ज्यामिरेमा झडपको अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले हतियार तेर्स्याएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तर अवस्था सामान्य बनाउन मात्र हतियार तेर्साएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ५६ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा