मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली « Khabarhub

 मतदान केन्द्रको स्थलगत निरीक्षणमा जिल्लाका उच्च स्तरीय टोली


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ । 

आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो । 

मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । 

बिहानैदेखि जिल्लाका मतदान केन्द्रमा भइरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्चस्तरीय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् । मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाबारे निरीक्षण गरिरहेको उनले बताइन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात् दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा शुक्रबार जिल्लामा उत्साह रूपमा मतदान भइरहेको उनले बताइन् । जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको सुरु भएको थियो । मतदान गर्न ७ बजे नै मतदाताहरू लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुँइचो लागेको छ ।

वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिक पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् । 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : ४३ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा