निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला « Khabarhub

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा. कोइराला


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले  गठबन्धन दलहरूको एकतामा कुनै असर नपार्ने बताएका छन् ।

आदर्श मावि मतदान केन्द्रमा आज  सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरूको बीचको एकता नटुटने उनले प्रष्ट पारे । नेता कोइरालाले निर्वाचन परिणामपछि  गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरेका छन् ।

अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको विकासका लागि भएकाले यसलाई दलहरूले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन  राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरे ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  २ : ५२ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा