स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त  | Khabarhub Khabarhub

स्याङ्जा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त 


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले स्याङ्जामा शुक्रबार १४ जनाको मृत्यु हुने गरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग २ च ३०२६ नम्बरको पिकअप शुक्रबार दुर्घटना हुँदा १४ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । 

उक्त दुर्घटनामा परी निधन भएकाप्रति कांग्रेसले दुःख व्यक्त गरेको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । साथै कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

‘सभापति देउवाले उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । साथै दुर्घटनापरी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ,’ पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Avatar

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : ४१ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको