ईश्वरको निन्दा गरेको भन्दै नाइजेरियामा छात्रालाई कुटपिट गरी जलाइयो « Khabarhub

ईश्वरको निन्दा गरेको भन्दै नाइजेरियामा छात्रालाई कुटपिट गरी जलाइयो


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी मुलुक नाइजेरियामा एक छात्रालाई कुटपिट गरी हत्या गरेर जलाइएको छ । ह्वाट्सएपमा ईश्वरको निन्दा गरेको भन्दै साथीहरूले छात्रालाई कुटपिट गरी आगो लगाइदिएका पुलिस र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

नाइजेरियाको उत्तरपश्चिमी राज्य सोकोतोमा उक्त घटना भएको हो । विद्यार्थीको मृत्युपछि तत्काल विद्यालय बन्द गरिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् ।

मारिने व्यक्ति डेबोरा सामुएल भएको सोकोटो राज्य कमान्डका प्रवक्ताले बताए । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणका अनुसार विभिन्न मानव अधिकारवादी संस्था तथा व्यक्तित्वहरूले हत्याको निन्दा गरेका छन् ।

‘विद्यार्थीहरूले प्रयोग गरिरहेको एउटा व्हाट्सएप समूहमा उनको मुस्लिम सहकर्मी विद्यार्थीले इस्लामिक विषय पोस्ट गरेका थिए । सो पोस्टको उनले आलोचना गरेकी थिइन् । उनले एक अडियो पोस्ट गरिन, जसमा इस्लामका धर्मगुरु पैगम्बरप्रति निन्दापूर्ण टिप्पणीहरू छन्’, एक प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै रोयटर्सले जनाएको छ ।

विद्यालय सुरक्षा र प्रहरीले पीडितलाई बचाउने प्रयास गरे पनि नसकिएको प्राप्त विवरणहरूमा जनाइएको छ । 

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ६ : २६ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात