वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु « Khabarhub

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका पर्साको वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो ।

वीरगञ्ज महानगरपालिकाकासहित हालसम्म बहुदरमाई नगरपालिका, ठोरी गाउँपालिका, कालीकामाई गाउँपालिका, धोविनी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकामा मतगणना जारी छ । यद्यपि, अन्य पालिकामा सर्वपक्षीय छलफलपछि मात्र मतगणना सुरु गरिने छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसीटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाका विभिन्न पदका लागि कूल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : १० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय