५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ « Khabarhub

५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फूलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपाकिकास्थित दशजगा क्षेत्रबाट उक्त परिमाणको नगदसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनि पिडौंलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा  हेल्मेट रबाइकको  डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ३४ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको