५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ « Khabarhub

५७ लाख ७९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४ सय ९० रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फूलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपाकिकास्थित दशजगा क्षेत्रबाट उक्त परिमाणको नगदसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनि पिडौंलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा  हेल्मेट रबाइकको  डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ३ : ३४ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया