सुर्खेतको सिम्तामा सोमबार पुनः मतदान « Khabarhub

सुर्खेतको सिम्तामा सोमबार पुनः मतदान


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमबार पुनः मतदान हुने भएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सिर्जना हुँदा शुक्रबार स्थगित मतदान सोमबार सात बजेदेखि ५ बजेसम्म हुने भएको हो ।

निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री आज मतदान केन्द्रमा आइपुग्ने जानकारी दिए । पुनः मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी पनि हटाइएका थिए ।

त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा मतगणना कार्य पनि सुरु भएको छैन ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ९ : १९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका